नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा आईएफजे कार्ड नवीकरण सम्बन्धी सूचना

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को सदस्यता कार्ड नवीकरण गर्न सम्बन्धित सदस्यहरूलाई आग्रह गरेको छ ।

यूके शाखामा आबद्ध भई यसअघि आईएफजे कार्ड प्राप्त गरेका पत्रकारहरूको कार्डको म्याद आगामी डिसेम्बर २०२६ मा समाप्त हुने भएकाले समयमै नवीकरण प्रक्रिया पूरा गर्न शाखाले अनुरोध गरेको हो ।

शाखाका महासचिव खेमराज रानाभाटद्वारा जारी सूचनाअनुसार कार्ड नवीकरण गर्न इच्छुक सदस्यहरूले प्रतिव्यक्ति ३० पाउन्ड नवीकरण शुल्क आगामी नोभेम्बर ३०, २०२६ भित्र शाखाको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।

नवीकरणसम्बन्धी थप जानकारी तथा आवश्यक प्रक्रियाका लागि शाखासँग सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

महासचिव रानाभाटले तोकिएको समयसीमाभित्र शुल्क जम्मा गरी आईएफजे कार्ड नवीकरण प्रक्रियामा सहभागी हुन सम्पूर्ण सम्बन्धित पत्रकारहरूलाई आग्रह गरेका छन् ।

 

नवीकरण शुल्क जम्मा गर्ने बैंक खाताको विवरण

– खाताको नाम – Federation of Nepalese Journalists UK

– Sort Code – 20-16-99

– Account Number – 13299961

– Reference – IFJ Card

– नवीकरण शुल्क – £30

– अन्तिम मिति – ३० नोभेम्बर २०२६