पत्रकार माथिको आक्रमणको यूकेवाट विरोध

पत्रकार माथिको आक्रमणको यूकेवाट विरोध

नेपाल पत्रकार महासघं वेलायत शाखाले मंगलबार नेपाली दूतावास लण्डनमा एक विरोधपत्र बुझाई विराटनगर स्थित नागरिक दैनिकका पत्रकार खिलानाथ ढकाल माथि भएको आक्रमणप्रति विरोध जनाएको छ । वेलायतका लागि नेपाली राजदूत डा शुरेसचन्द्र चालिसे समक्ष बुझाएको पत्रमा भनिएको छ , विराटनगरस्थित नागरिक दैनिकका सहकर्मी खिलनाथ ढकालविरुद्ध भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखाको ध्यानाकर्षण भएको छ । स्वतन्त्र पत्रकारिताको रक्षा गर्न राज्य सक्षम छैन भन्ने पछिल्ला घटनाले पुष्टि गरिसकेको उल्लेख छ । आक्रमरणकारीलाई न्यायको कठघरामा उभ्याउनुको सट्टा राज्यले संरक्षण दिनु स्वतन्त्र पत्रकारिताको अपमान हो भन्ने ठहर समेत उक्त पत्रमा गरिएको छ । देशमा मौलाउदै गएको हिंसात्मक गतिविधि, भयावहको वातावरण र पे्रममाथिको नियोजित आक्रमणलाई बेलायत शाखाले दुर्घटनाको रुपमा लिएको छैन । त्यस्ता घटना नियन्त्रण र दोषीलाई कारबाही गर्न राज्य संयन्त्रले चासो नदेखाउनु खेदजन्य छ भन्दै त्यस्ता घटनाको बेलायत शाखा घोर भत्सना र विरोध गर्दछ पत्रमा उल्लेख छ ।

साथै विरोधपत्रमा भयमुक्त र स्वतन्त्रता पे्रसलाई निवार्दरुपमा काम गर्ने वातावरण बनाउन नेपाल पत्रकार महासंघ बेलायत शाखा अनुरोध गर्दछ भनिएको छ । दोषीलाई कानुनी दायरामा ल्याएर दण्डहिनताबाट उन्मुक्ति पाउने परम्पराको अन्त्य होस् भन्ने माग समेत बेलायत शाखाले गरेको छ ।

विरोधपत्र वेलायतका लागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसिले आफ्नै कार्यकक्षमा बुझेका थिए ।