पत्रकार महासंघ युके शाखाको साधारणसभा सम्पन्न (फोटो फिचर)

लण्डन । नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न भएको छ । लण्डनमा आइतबार आयोजित साधारणसभाको उद्घाटन बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री र शाखाका अध्यक्ष चिरन शर्माले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्रीले साधारणसभाको सफलताको कामना गर्दै पत्रकारहरुलाई दुताबासको केही कमजोरी भए समाचार प्रकाशन गरी सच्याउने मौका दिन आग्रह गर्नुभयो । पुरानो पासपोर्ट चलाउन पाउने समय सकिन लागेका नोभेम्बर महिनाभित्रै मेसिन रेडएवल पासपोर्ट (एमआरपी) बनाउनका लागि सबै नेपालीहरुलाई सूचित गर्न उनले पत्रकारहरुलाई अनुरोध गर्नुभयो । एनआरएनए युकेका अध्यक्ष महेन्द्र कँडेलले पत्रकारहरुको कोषका लागि एनआरएनए युकेले च्यारिटी डिनरको आयोजना गर्दै गरेको जानकारी दिनुभयो । एनआरएनए युकेलाई विस्तार गर्न क्षेत्रीय संरचना बनाउने बताउँदै उनले एनआरएन युकेलाई धनीहरुको मात्र, सीमितहरुको मात्र संस्था होइन सबैको संस्था बनाउन कोसिस गरिरहेको कँडेलको भनाइ थियो । एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ युकेका नेपाली मिडियाले युकेको नेपाली समाजभित्र भइरहेका सकारात्मक कार्यहरुलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । प्रवासी नेपाली मंच युकेका अध्यक्ष रामशरण सिंखडाले पत्रकारहरुे युकेमा गरिरहेको कार्य प्रसंशनीय रहेको बताउँदै पत्रकारहरुले वस्तुनिष्ठ आलोचना पनि सहन सक्नुपर्ने सुझाव दिनुभयो । महासंघलाई सहयोग गर्न मंच एक कदमअघि सरेर तयार रहने वचनवद्धता प्रकट गर्नुभयो । प्रवासी नेपाली समाज युकेका अध्यक्ष रोशन सापकोटा बेलायतका नेपाली पत्रकारहरुले नेपाल बारेको सामग्री धेरै समेट्ने गरेको भन्दै बेलायतका पत्रकारहरुलाई बेलायतकै बारेका सामग्री समेट्न आग्रह गर्नुभयो । कार्यक्रमलाई शुभकामना दिँदै शाखाका सल्लाहकार भगिरथ योगीले बेलायतमा नेपाली पत्रकारहरु सिक्ने क्रममै रहेको र समाजसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

11074440_10153246858764282_6872115791698755646_o गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा गुल्मी जिल्ला समाजका प्रतिनिधि विनोद ज्ञवालीले पत्रकारहरुलाई कलम नरोकीकन अघि बढ्न आग्रह गर्नुभयो । नेपाली जनसम्पर्क समिति, युकेका महामन्त्री शिव तिम्सिनाले पत्रकार महासंघलाई सहयोग गर्न समिति तयार रहेको बताउनुभयो । एभरेष्ट टाइम्सका सम्पादक लीलामान शेरपुञ्जाले बेलायतको नेपाली पत्रकारिता शिशु अवस्थामै रहेकाले मार्गदर्शन गर्न समाजसित अनुरोध गर्नुभयो । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) युकेका अध्यक्ष किरण थेबे लिम्बुले फोनिजले पत्रकार महासंघसित सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । तमु धिँ युकेका अध्यक्ष रामचन्द्र गुरुङले तमुधिँ युकेका कार्यक्रमहरुमा पत्रकारहरुलाई आमन्त्रण गर्दै साधारणसभा सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगरले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । शाखाका गतिविधि समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो । शाखाका सदस्य सुजन पराजुलीले स्वदेश गान सुनाउनुभएको थियो । नृपेश उप्रेतीले बेलायतका नेपाली पत्रकारहरुको अवस्था समेटिएको गजल प्रस्तुत गर्नुभयो । उद्घाटन समारोहको समापन गर्दै अध्यक्ष चिरन शर्माले अतिथिहरुले दिनुभएको सुझाव पत्रकारहरु र महासंघका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

IMG_2831IMG_2830IMG_2829IMG_2828IMG_2827IMG_2822IMG_2823IMG_2824IMG_2825IMG_2826IMG_2821IMG_2820IMG_2819IMG_2818IMG_2817IMG_2816IMG_2815IMG_2814IMG_2813IMG_2812IMG_2811IMG_2810IMG_2809IMG_2808IMG_2807

Leave a comment