एक दिनते पत्रकारिता तालिम सम्पन्न

लण्डन । नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा नेपाली समुदायलाई लक्षित गरी पत्रकारिता तालिम सम्पन्न भएको छ । आसफोर्डस्थित सेन्टर पिस हलमा आयोजित एक दिने पत्रकारिता तालिममा प्रशिक्षकका रूपमा महासंघका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर खटिएका थिए । उनलाई नेपाली समाचार डटकमका सम्पादक विश्वासदीप तिगेलाले सघाएका थिए । तालिममा आसफोर्ड र फोल्कस्टोन क्षेत्रमा बसोबासरत मिडियाप्रति रूचि राख्ने विभिन्न उमेर समूहका करिब २० जना प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षणमा समाचारको परिभाषा, समाचारको स्रोतहरु, समाचारका प्रकार, समाचारको अंग, समाचार लेख्ने तरिका, समाचारका भाषा आदि विषय समेटिएको थियो ।
प्रशिक्षणपछि सहभागी जानुका राईले प्रशिक्षण आपmनो लागि अत्यन्त लाभदायक भएको बताउँदै थप तालिम लिन मन लागेको प्रतिक्रिया दिइन् । अर्का प्रशिक्षार्थी विजय हितानले एक दिने प्रशिक्षण छोटो भएकाले अर्कोपटक अलि लामो प्रशिक्षण राख्न सुझाव दिए ।
प्रशिक्षणको स्थानीय संयोजन सहआयोजक नेपाली समाचार डटकमले गरेको थियो भने संघीय डटकम र नयाँ सन्देश साप्ताहिकले तालिमकोे समन्वय गरेका थिए ।